Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

उत्पादनमुखी अर्थतन्त्र बनाउने प्रतिबद्धता गर्छु : वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार ढकाल

काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हेमराज ढकालले मुलुकमा उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्ने आफ्नो प्रमुख लक्ष्य रहेको बताएका छन्। एक घोषणा तथा परिचर्चा कार्यक्रममा बोल्दै…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हेमराज ढकालले मुलुकमा उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्ने आफ्नो प्रमुख लक्ष्य रहेको बताएका छन्।

एक घोषणा तथा परिचर्चा कार्यक्रममा बोल्दै ढकालले निजी क्षेत्रलाई सशक्त बनाउने र व्यवसायीहरूको मनोबल उच्च बनाउन आफू प्रतिबद्ध रहेको जानकारी दिए । उनले भने, “उत्पादन र उद्योगमा जोड दिने गरी हाम्रो अर्थतन्त्रलाई सुदृढ बनाउनु मेरो मूल एजेन्डा हो ।”

ढकालले व्यवसायीहरूको समस्या समाधानका लागि सरकारसँग सक्रिय संवाद कायम गर्ने, नीतिगत स्थिरता ल्याउने र कर सुधारमा आवश्यक पहल गर्ने प्रतिबद्धता दोहोऱ्याए । निर्वाचनअघि नै राजनीतिक अस्थिरताका कारण लगानी वातावरण कमजोर भएको स्वीकार गर्दै उनले आर्थिक क्रियाकलापलाई उत्साहजनक बनाउन पहल गर्ने बताए ।

उहाले युवाहरूलाई स्वदेशमै रोजगारीका अवसर प्रदान गर्न थलिएको अर्थतन्त्रलाई पुनः गतिमा ल्याउने नीति ल्याउने बताएका छन् । यसै अवसरमा ढकालको प्यानलबाट एसोसिएट उपाध्यक्ष, जिल्ला नगर उपाध्यक्ष र अन्य पदका लागि समेत उम्मेदवारी घोषणा गरिएको छ ।

महासंघलाई एकजुट गर्दै निजी क्षेत्रको हितमा सक्रिय रूपमा काम गर्ने ढकालले सबै उद्योगी व्यवसायीलाई आफ्नो पक्षमा मत दिन आग्रह गरे ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/