
काठमाडौं — कुमारी बैंक लिमिटेड र महिला उद्यमी महासंघ नेपालबीच महिला उद्यमीको आर्थिक सशक्तीकरण तथा व्यवसाय विकासलाई सहयोग गर्ने उद्देश्यले समझदारी भएको छ।
समझदारीमा कुमारी बैंकका प्रमुख लगानी तथा बजारीकरण अधिकृत चन्दन कार्की र महासंघकी अध्यक्ष दर्शना श्रेष्ठले हस्ताक्षर गरेका हुन्। साझेदारीले महिला नेतृत्वका व्यवसायलाई जिम्मेवार वित्तीय पहुँच, उद्यम विकास र दिगो तथा जलवायु–अनुकूल वित्तसँग जोड्ने लक्ष्य राखेको छ।
सहकार्यअन्तर्गत डिजिटल समाधान, बजार अवसर र मूल्य शृंखलामा महिला उद्यमीको सहभागिता विस्तार गर्ने विषयलाई पनि प्राथमिकता दिइनेछ।
बैंक र महासंघको यो सहकार्यले वित्तीय सेवामा पहुँचसँगै व्यवसाय सञ्चालन क्षमता र बजार सम्पर्क सुधार गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।






Leave a Reply