बुधबार, ११ कार्तिक २०८३ · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

लाभांश पारितका लागि गुराँस लघुवित्तले बोलायो साधारण सभा

काठमाडौं — गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले कात्तिक १० गते ११औं वार्षिक साधारणसभा आव्हान गरेको छ । कम्पनी सञ्चालक समितिको १६९औँ बैठकले सभा हिले कान्जिरोवा मकालु होटल धनकुटा नगरपालिक वडा नं. १,…


विज्ञापनAdvertisement Banner
◷
1 min read

काठमाडौं — गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले कात्तिक १० गते ११औं वार्षिक साधारणसभा आव्हान गरेको छ । कम्पनी सञ्चालक समितिको १६९औँ बैठकले सभा हिले कान्जिरोवा मकालु होटल धनकुटा नगरपालिक वडा नं. १, हिले धनकुटामा बिहान ९ बजे बस्ने गरी बोलाएको हो ।

साधारणसभामा आर्थिक वर्ष २०८२।८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण तथा लेखापरीक्षक नियुक्तिलगायतका विषयमा छलफल तथा निर्णय गरिनेछ।

कम्पनीले सभामा आर्थिक वर्ष २०८२।८३ सम्मको मुनाफाबाट हालको चुक्ता पुँजीको ९.५ प्रतिशतले हुने १ करोड २५ लाख ७४ हजार १५ रुपैयाँ बोनस र ०.५ प्रतिशतले हुने ६ लाख ६१ हजार ७९० रुपैयाँ नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव पनि सभामा पेस गरिनेछ।

कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८३।८४ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि साधारणसभामा पेस हुनेछ।

कम्पनीले असोज २८ गते एक दिन बुक क्लोज गर्ने भएको हुँदा सो दिनसम्म कायम शेयरधनीहरुले मात्रै लाभाश र सभामा भाग लिन पाउनेछन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *