Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

पशुपतिमा नागा बाबाको बिदाइ आज

काठमाडौं — महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर दर्शनका लागि आएका नागा बाबालगायत साधुसन्तलाई आज दान–दक्षिणासहित बिदाइ गरिँदैछ। प्रत्येक वर्षझैँ यस वर्ष पनि गुठी संस्थान र पशुपति क्षेत्र विकास कोष ले फाल्गुन कृष्ण औँसीका…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर दर्शनका लागि आएका नागा बाबालगायत साधुसन्तलाई आज दान–दक्षिणासहित बिदाइ गरिँदैछ। प्रत्येक वर्षझैँ यस वर्ष पनि गुठी संस्थान र पशुपति क्षेत्र विकास कोष ले फाल्गुन कृष्ण औँसीका दिन साधुसन्तलाई सम्मानपूर्वक बिदाइ गर्ने तयारी गरेका छन्।

महाशिवरात्रिका लागि फागुन कृष्ण एकादशीदेखि पशुपति क्षेत्रमा आएका साधुसन्तलाई स्तरअनुसार दक्षिणा प्रदान गरिनेछ। बिदाइका लागि गुठी संस्थानले करिब ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको जनाएको छ। नागा बाबा तथा विभिन्न सम्प्रदायका साधुसन्तलाई आगमनकै दिन रातो, नीलो, सेतो, पहेँलो र हरियो रङका कार्ड वितरण गरिएको थियो, जसअनुसार दक्षिणा रकम निर्धारण गरिन्छ।

संस्थानका अनुसार नेपाल बाहिरबाट आएका साधुसन्तलाई सीमासम्म पुग्न सहज होस् भनेर थप दक्षिणाको व्यवस्था गरिएको छ। यस वर्ष करिब चार हजारभन्दा बढी साधुसन्त पशुपति क्षेत्रका विभिन्न स्थानमा बसेका छन्। गोरखनाथ मठ, आर्यघाट पारिको रामचन्द्र मन्दिर, भस्मेश्वर अखडा, निर्मला अखडा लगायत क्षेत्रमा विभिन्न सम्प्रदायका साधु बसेका छन्।

पहिले नागा बाबालाई थापाथलीस्थित कालमोचनघाटबाट बिदाइ गर्ने परम्परा थियो। तर हाल पशुपतिको पश्चिम मूल ढोकाबाट बिदाइ गर्ने चलन सुरु भएको छ। कालमोचनघाटमा कोत पर्वका मृतकहरूको दाहसंस्कार गरिएकाले त्यहाँबाट बिदाइ गर्दा मृत आत्माले शान्ति पाउँछ भन्ने धार्मिक विश्वास रहिआएको थियो।

कोषले पनि छुट्टै ८ लाख रुपैयाँ बजेट छुट्याएको छ। कोषका अनुसार २० जना साधुलाई ५,००१ रुपैयाँ, २०० जनालाई १,००१ रुपैयाँ, १,००० जनालाई ७०१ रुपैयाँ, १,००० जनालाई ५०१ रुपैयाँ, १,३०० जनालाई ३०१ रुपैयाँ र अन्य जोगी तथा लाइनमा बसेका साधुलाई २०१ देखि १०१ रुपैयाँसम्म दक्षिणा प्रदान गरिनेछ।

यसका साथै, पशुपतिनाथमा वर्षभर चढाइएका रुद्राक्ष पहिराएर साधुसन्तलाई सम्मानपूर्वक बिदाइ गरिने तयारी गरिएको छ। महाशिवरात्रिका अवसरमा पाँच दिन मन्दिरभित्र र चार दिन बाहिर धुनी जगाउन करिब ५० हजार किलो दाउरा खरिद गरिएको संस्थानले जनाएको छ।

भेटीघाटी पारदर्शी बनाउने उद्देश्यले लागू गरिएको नियमावलीपछि कोषको भेटी बाकसमा संकलित रकम १५ करोड रुपैयाँ नाघिसकेको जानकारी पनि कोषले दिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/