
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले आइतबार दिइँदै आएको साप्ताहिक बिदा व्यवस्था हटाउन सरकारसँग माग गरेका छन्।
मंगलबार बसेको बैठकमा धारणा राख्दै सांसद भाटले आइतबारको बिदाका कारण सार्वजनिक सेवा प्रवाह प्रभावित भइरहेको दाबी गरे। उनका अनुसार एक दिन थप बिदा हुँदा सरकारी सेवा लिन आउने सर्वसाधारणले साताभर आवश्यक काम पूरा गर्न कठिनाइ भोगिरहेका छन्।
भाटले आइतबारको बिदा सरकारी कर्मचारीका साथै विद्यालय र शिक्षा क्षेत्रका लागि समेत आवश्यक नरहेको बताए। बिदाका कारण प्रशासनिक काम तथा विकास निर्माणका गतिविधिमा समेत ढिलाइ भइरहेको उनको भनाइ थियो।
आइतबारको बिदाबाट अपेक्षित लाभ कसैलाई पनि नपुगेको दाबी गर्दै उनले हाल कायम रहेको यो व्यवस्था तत्काल खारेज गर्न माग गरे। सार्वजनिक सेवा सहज र प्रभावकारी बनाउन साप्ताहिक बिदाको व्यवस्थामाथि पुनर्विचार गर्नुपर्ने उनको जोड थियो।






Leave a Reply