Friday, September 11, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

आज बिदामा बैंक बन्द नहुने, अत्यावश्यक सेवा सुचारु राख्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं - सरकारले मंगलबार सार्वजनिक बिदा दिए पनि बैंक तथा वित्तीय संस्थाहरूले अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्ने भएका छन्। नेपाल राष्ट्र बैंकले सोमबार सूचना जारी गर्दै इजाजतपत्रप्राप्त ‘क’, ‘ख’, ‘ग’ र ‘घ’…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – सरकारले मंगलबार सार्वजनिक बिदा दिए पनि बैंक तथा वित्तीय संस्थाहरूले अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्ने भएका छन्।

नेपाल राष्ट्र बैंकले सोमबार सूचना जारी गर्दै इजाजतपत्रप्राप्त ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्थालाई भदौ २३ गते अत्यावश्यक बैंकिङ सेवा सुचारु हुने व्यवस्था मिलाउन निर्देशन दिएको हो।

रसुवालगायत विभिन्न जिल्लामा आएको प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार तथा राहत वितरणमा सहयोग पुर्‍याउने उद्देश्यले सार्वजनिक बिदाका दिन पनि बैंकिङ सेवा सञ्चालन गर्न निर्देशन दिइएको राष्ट्र बैंकले जनाएको छ।

राहत रकमको निकासा तथा भुक्तानी, नगद व्यवस्थापन र उद्धारसँग सम्बन्धित वित्तीय कारोबार सार्वजनिक बिदाका कारण प्रभावित नहोस् भन्ने उद्देश्यले बैंकिङ सेवा सञ्चालन गर्न लागिएको हो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/