Friday, September 11, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, बोनस र नगद कति?

काठमाडौं — ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। बैंकको आज भदौ १७ गते बुधबार बिहान ८ बजेदेखि साढे ९ बजेसम्म बसेको सञ्चालक समितिको ४७३औं…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ।

बैंकको आज भदौ १७ गते बुधबार बिहान ८ बजेदेखि साढे ९ बजेसम्म बसेको सञ्चालक समितिको ४७३औं बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।

बैठकले बैंकको गत आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। सो १० प्रतिशत लाभांशमध्ये ६ प्रतिशत नगद र ४ प्रतिशत बोनस शेयर (कर समेत) रहेको छ।

बैंकले अब उक्त निर्णय स्वीकृतिका लागि नियामक निकाय नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्नेछ र नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएलगत्तै वार्षिक साधारणसभा आह्वान गरी पारितका लागि लैजानेछ। साधारणसभाबाट लाभांश पारित भएपछि शेयरधनीहरूमा उक्त लाभांश वितरण हुनेछ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/