Friday, September 11, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

हिमालयन बैंकका नवनिर्वाचित अध्यक्ष डा. बैकुण्ठ अर्यालले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ - हिमालयन बैंक लिमिटेडका नवनिर्वाचित अध्यक्ष डा. बैकुण्ठ अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् । डा. अर्यालले सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर प्रा डा विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौँ – हिमालयन बैंक लिमिटेडका नवनिर्वाचित अध्यक्ष डा. बैकुण्ठ अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् । डा. अर्यालले सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर प्रा डा विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

हिमालयन बैंकको सञ्चालक समितिको भदौ १४ गते आइतबार बसेको ५०६औँ बैठकले अर्याललाई बैंकको अध्यक्ष पदमा सर्वसम्मत रूपमा निर्वाचित गरेको थियो । उनको अध्यक्ष पदमा निर्वाचित हुने निर्णय भदौ १४ गतेदेखि नै लागू हुने बैंकले जनाएको छ ।

नेपाल सरकारका पूर्वमुख्य सचिवसमेत रहेका डा. अर्याल बैंकको संस्थापक समूहअन्तर्गतका शेयरधनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रतिनिधित्व गर्दै बैंकको सञ्चालकका रूपमा रहँदै आएका थिए ।

 

सञ्चालक समितिको निर्णयसँगै डा. अर्यालले बैंकको अध्यक्षको जिम्मेवारी सम्हाल्नेछन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/