Friday, September 11, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

हिमालयन बैंकको अध्यक्षमा बैकुण्ठ अर्याल

हिमालयन बैंक लिमिटेडको सञ्चालक समितिले पूर्वमुख्य सचिव बैकुण्ठ अर्याललाई बैंकको अध्यक्षमा नियुक्त गरेको छ। बैंकको सञ्चालक समितिको बैठकले अर्याललाई अध्यक्ष बनाउने निर्णय गरेको हो। अर्यालले अर्थ, प्रशासन र सार्वजनिक व्यवस्थापनसँग सम्बन्धित विभिन्न…


विज्ञापनAdvertisement Banner
1 min read

हिमालयन बैंक लिमिटेडको सञ्चालक समितिले पूर्वमुख्य सचिव बैकुण्ठ अर्याललाई बैंकको अध्यक्षमा नियुक्त गरेको छ। बैंकको सञ्चालक समितिको बैठकले अर्याललाई अध्यक्ष बनाउने निर्णय गरेको हो।

अर्यालले अर्थ, प्रशासन र सार्वजनिक व्यवस्थापनसँग सम्बन्धित विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन् । नेपाल सरकारको प्रशासनिक सेवामा लामो समय काम गरेको अनुभबका साथै उनले नेपाल सरकारको मुख्यसचिवका रूपमा समेत जिम्मेवारी निर्वाह गरेका थिए।

यसैबीच, सोही बैठकले बैंकका यसअघिका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठको राजीनामा स्वीकृत गरेको छ। श्रेष्ठको राजीनामा स्वीकृत भएसँगै अर्यालले बैंकको अध्यक्षको जिम्मेवारी सम्हाल्ने भएका हुन्।

अर्यालको प्रशासनिक तथा सार्वजनिक व्यवस्थापन क्षेत्रमा रहेको लामो अनुभवलाई बैंकको नेतृत्वमा महत्वपूर्ण मानिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/