Friday, September 11, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

नबिल बैंकको डीसीईओमा गणेशप्रसाद अवस्थी नियुक्त

काठमाडौं - नबिल बैंकले गणेशप्रसाद अवस्थीलाई नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)को जिम्मेवारी दिएको छ । बैंक सञ्चालक समितिको निर्णयअनुसार अवस्थी डीसीईओमा बढुवा भएका हुन् । यसअघि नायब महाप्रबन्धक (डीजीएम)का रूपमा कार्यरत अवस्थीले…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – नबिल बैंकले गणेशप्रसाद अवस्थीलाई नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)को जिम्मेवारी दिएको छ । बैंक सञ्चालक समितिको निर्णयअनुसार अवस्थी डीसीईओमा बढुवा भएका हुन् ।

यसअघि नायब महाप्रबन्धक (डीजीएम)का रूपमा कार्यरत अवस्थीले बैंकिङ क्षेत्रमा २५ वर्षभन्दा लामो अनुभव हासिल गरेका छन् । उनले नबिल बैंकमा सहायक महाप्रबन्धक (एजीएम)का रूपमा सेवा सुरु गरेका थिए ।

अवस्थीले सन् २००१ मा तत्कालीन एनआईसी बैंकबाट आफ्नो बैंकिङ यात्रा अघि बढाएका थिए । त्यसपछि कुमारी बैंकमा शाखा प्रमुखको जिम्मेवारी सम्हालेका उनी सन् २००८ मा ग्लोबल आइएमई बैंकमा आबद्ध भएका थिए ।

ग्लोबल आइएमई बैंकमा १३ वर्षभन्दा बढी समय बिताएपछि अवस्थी नबिल बैंकमा प्रवेश गरेका हुन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/