Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

साउनमा आयात ३१ प्रतिशत र निर्यात ६२ प्रतिशतले बढ्यो

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो महिना साउनमा नेपालमा वस्तु तथा सामानको आयात उल्लेख्य रूपमा बढेको छ। साउनमा कुल एक खर्ब ८७ अर्ब ४४ करोड ३६ लाख २२ हजार रुपैयाँ बराबरका…


विज्ञापनAdvertisement Banner
1 min read

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो महिना साउनमा नेपालमा वस्तु तथा सामानको आयात उल्लेख्य रूपमा बढेको छ। साउनमा कुल एक खर्ब ८७ अर्ब ४४ करोड ३६ लाख २२ हजार रुपैयाँ बराबरका वस्तु तथा सामान आयात भएका छन्।

यो रकम गत आर्थिक वर्षको साउनको तुलनामा ३१ दशमलव शून्य चार प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही महिनामा एक खर्ब ४३ अर्ब चार करोड छ लाख ६९ हजार रुपैयाँ बराबरका वस्तु तथा सामान आयात भएका थिए।

यस्तै, साउनमा नेपालबाट ३८ अर्ब ७० करोड ४१ लाख ४६ हजार रुपैयाँ बराबरका वस्तु तथा सामान विदेशी बजारमा निर्यात भएका छन्। गत आर्थिक वर्षको साउनको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा निर्यात ६१ दशमलव ७२ प्रतिशतले वृद्धि भएको भन्सार विभागले जनाएको छ।

यससँगै चालु आर्थिक वर्षको सुरुवाती महिनामै आयातसँगै निर्यातमा समेत उल्लेख्य वृद्धि देखिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/