
प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मार्फत सर्वसाधारणमा सेयर बिक्री गर्न चार वटा कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) समक्ष अनुमति मागेका छन्। इन्द्रेणी मसरुम फार्म लिमिटेड, मध्यपुर अस्पताल लिमिटेड, मकरीगाड हाइड्रोपावर लिमिटेड र कालिन्चोक इन्भेस्टमेन्ट कम्पनी लिमिटेडले आईपीओ निष्काशनकोलागि वोर्डमा निबेदन दिएका छन।
मध्यपुर अस्पताल लिमिटेडले सर्वसाधारणका लागि २८ लाख कित्ता सेयर निष्काशन गर्न बोर्डसँग अनुमति मागेको छ। प्रतिकित्ता अंकित मूल्य १० रुपैयाँका आधारमा उक्त सेयरको कुल अंकित मूल्य २८ करोड रुपैयाँ हुन्छ। कम्पनीको आईपीओ बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले पाएको छ। मध्यपुर अस्पतालले २०८३ साल साउन २२ गते सेबोनमा आवेदन दर्ता गराएको हो।
इन्द्रेणी मसरुम फार्म लिमिटेडले ८ लाख ७५ हजार कित्ता साधारण सेयर सार्वजनिक निष्काशन गर्न स्वीकृति मागेको छ। प्रस्तावित सेयरको कुल अंकित मूल्य ८ करोड ७५ लाख रुपैयाँ रहेको छ। कम्पनीको बिक्री प्रबन्धक पनि मुक्तिनाथ क्यापिटल लिमिटेड नै रहेको छ। इन्द्रेणी मसरुम फार्मले समेत २०८३ साल साउन २२ गते बोर्डमा आवेदन पेश गरेको थियो।
मकरीगाड हाइड्रोपावर लिमिटेडले स्थानीय तथा सर्वसाधारण लगानीकर्तालाई लक्षित गरी २२ लाख २७ हजार ५०० कित्ता सेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ। यसअनुसार कम्पनीले २२ करोड २७ लाख ५० हजार रुपैयाँ बराबरको सेयर निष्काशनका लागि सेबोनसँग अनुमति मागेको हो। यसको बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। कम्पनीले २०८३ साल साउन २२ गते नै आवेदन दिएको थियो।
उता, कालिन्चोक इन्भेस्टमेन्ट कम्पनी लिमिटेडले २४ लाख कित्ता सेयर सार्वजनिक निष्काशन गर्न बोर्डसमक्ष निवेदन दिएको छ। कम्पनीले कुल २४ करोड रुपैयाँ अंकित मूल्य बराबरको सेयर निष्काशनको अनुमति मागेको हो। यस आईपीओको बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। कालिन्चोक इन्भेस्टमेन्टले भने २०८३ साल साउन २९ गते सेबोनमा आवेदन दर्ता गराएको हो।
चारवटै कम्पनीको आवेदन हाल सेबोनको प्रक्रियामा रहेको छ। बोर्डबाट अनुमति प्राप्त भएपछि सम्बन्धित कम्पनीहरूले तोकिएको प्रक्रियाअनुसार आईपीओ निष्काशन तथा बिक्रीको तयारी अघि बढाउनेछन्।






Leave a Reply