Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

नाइमा मोबिलिटी एक्स्पोमा चार नयाँ विद्युतीय तथा हाइब्रिड गाडी सार्वजनिक

मङ्गलबारबाट काठमाडौको भृकुटीमण्डपमा सञ्चालन भइरहेको नाइमा मोबिलिटी एक्स्पो–२०२७ मा चार नयाँ गाडी सार्वजनिक भएका छन्। वुलिङ, होङ्छी, जीडब्लूएम र एमजीले विद्युतीय तथा प्लगइन हाइब्रिड प्रविधिमा आधारित नयाँ मोडल बजारमा प्रस्तुत गरेका हुन्।…


विज्ञापनAdvertisement Banner
2 min read

मङ्गलबारबाट काठमाडौको भृकुटीमण्डपमा सञ्चालन भइरहेको नाइमा मोबिलिटी एक्स्पो–२०२७ मा चार नयाँ गाडी सार्वजनिक भएका छन्। वुलिङ, होङ्छी, जीडब्लूएम र एमजीले विद्युतीय तथा प्लगइन हाइब्रिड प्रविधिमा आधारित नयाँ मोडल बजारमा प्रस्तुत गरेका हुन्।

विशाल ग्रुपअन्तर्गतको एड्भान्स अटोमोबाइलले होङ्छी ई–एचएस ४ इलेक्ट्रिक एसयूभी नेपाली बजारमा ल्याएको छ। ६७.१ किलोवाट आवर क्षमताको ब्याट्री र १६० किलोवाटको मोटर रहेको यस गाडीले डब्लूएलटीपी मापदण्डअनुसार ४६० किलोमिटरभन्दा बढी रेन्ज दिने कम्पनीको दाबी छ। यसको मूल्य ५९ लाख ९९ हजार ९९९ रुपैयाँ तोकिएको छ भने एक्स्पो अवधिमा ५७ लाख ९९ हजार ९९९ रुपैयाँमा उपलब्ध हुने ।

दुई भेरियन्टमा उपलब्ध हुने पारामाउन्ट मोटर्सले वुलिङ मिनी ईभी गाडीको नियमित मूल्य क्रमशः २१ लाख र २३ लाख रुपैयाँ निर्धारण गरिएको छ। एक्स्पो अवधिमा भने यसको मूल्य क्रमशः १९ लाख ९९ हजार र २१ लाख ९९ हजार रुपैयाँ रहनेछ। कम्पनीका अनुसार स्ट्यान्डर्ड रेन्ज भेरियन्टले २०५ किलोमिटर र लङ रेन्ज भेरियन्टले ३०१ किलोमिटरसम्म यात्रा गर्न सक्नेछ। पारामाउन्ट मोटर्सले नै एमजी एचएस प्लगइन हाइब्रिड (पीएचईभी) को बिक्री सुरु गरेको छ। १.५ लिटर टर्बो पेट्रोल इन्जिन र १३५ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर रहेको गाडीको संयुक्त शक्ति २९५ बीएचपी छ। यसको मूल्य १ करोड २० लाख रुपैयाँ निर्धारण गरिएको छ।

एमजी एचएस पीएचईभीमा ३६० डिग्री क्यामेरा, भेन्टिलेटेड सिट, हेडअप डिस्प्ले र वायरलेस चार्जिङलगायतका सुविधा उपलब्ध छन्। नयाँ मोडलहरूको सार्वजनिकसँगै एक्स्पोमा विद्युतीय र विद्युतीकृत सवारीप्रति बजारको बढ्दो आकर्षण थप देखिएको छ।

५८.३ किलोवाट आवर ब्याट्री तथा १५० किलोवाट मोटर जडान जीडब्लूएम हाभल जोलियन म्याक्स भीजी इम्पेक्सले बजारमा सार्वजनिक गरेको छ। यो एसयूभीले एकपटक चार्ज गर्दा ४०० किलोमिटरभन्दा बढी रेन्ज दिने दाबी गरिएको छ। यसको बजार मूल्य ५९ लाख ९९ हजार ९९९ रुपैयाँ कायम गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/