Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

कामना सेवा विकास बैंकद्वारा १५ प्रतिशत नगद लाभांश प्रस्ताव, अग्राधिकार शेयरमा ९ प्रतिशत प्रतिफल

गत आर्थिक वर्ष २०८२/८३ को संचित मुनाफाबाट आफ्ना शेयरधनीलाई कामना सेवा विकास बैंक लिमिटेडले लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको सञ्चालक समितिको शुक्रबार अपराह्न बसेको बैठकले साधारण शेयरधनीका लागि करसहित १५…


विज्ञापनAdvertisement Banner
1 min read

गत आर्थिक वर्ष २०८२/८३ को संचित मुनाफाबाट आफ्ना शेयरधनीलाई कामना सेवा विकास बैंक लिमिटेडले लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंकको सञ्चालक समितिको शुक्रबार अपराह्न बसेको बैठकले साधारण शेयरधनीका लागि करसहित १५ प्रतिशत नगद लाभांश तथा अग्राधिकार शेयरधनीका लागि शेयर बाँडफाँड भएको मितिदेखि २०८३ साल असार मसान्तसम्मको अवधिलाई आधार मानी अनुपातिक रूपमा ९ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट आवश्यक स्वीकृति प्राप्त भएपछि तथा बैंकको २०औँ वार्षिक साधारणसभाबाट अनुमोदन भएपश्चात् सम्बन्धित शेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/