Friday, September 11, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि, पाँच उम्मेदवार सर्टलिस्टमा

अर्थ मन्त्रालयअन्तर्गतको कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले रिक्त नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदका लागि खुला प्रतिस्पर्धामार्फत पाँच जना उम्मेदवार अन्तर्वार्ताका लागि छनोट गरेको छ । आज प्रकाशित सूचनाअनुसार अन्तिम पाँच…


विज्ञापनAdvertisement Banner
1 min read

अर्थ मन्त्रालयअन्तर्गतको कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले रिक्त नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदका लागि खुला प्रतिस्पर्धामार्फत पाँच जना उम्मेदवार अन्तर्वार्ताका लागि छनोट गरेको छ ।

आज प्रकाशित सूचनाअनुसार अन्तिम पाँच जनाको नाम सर्टलिस्टमा उम्मेदवारहरूको शैक्षिक योग्यता, व्यावसायिक अनुभव तथा उनीहरूले पेश गरेको व्यावसायिक एवं वित्तीय कार्ययोजनाको मूल्याङ्कनका आधारमा गरिएको कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले जनाएको छ।

सर्टलिस्टमा परेका उम्मेदवारहरूले सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आफ्नो व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरणसहित गर्नु पर्नेछ। छनोट हुनेहरूमा पर्वत कुमार कार्की,अर्जुन कुमार गौतम, गोपाल घिमिरे,समता पन्त भट्ट र यज्ञ प्रकाश न्यौपाने छन्।

यस प्रक्रियापछि छनोट तथा सिफारिस समितिले योग्य उम्मेदवारको नाम मन्त्रिपरिषद्लाई सिफारिस गर्नेछ। समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले नागरिक लगानी कोषको नयाँ कार्यकारी निर्देशकमा एक जनालाई नियुक्तको लागि निर्णय गर्नेछ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/