Friday, September 11, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

तामाकोशी गाउँपालिकामा नागरिक पेन्सन योजना लागू गर्न नागरिक लगानी कोषसँग सहमति

दोलखाको तामाकोशी गाउँपालिका र नागरिक लगानी कोषबीच नागरिक पेन्सन योजना सञ्चालनका लागि समझदारी भएको छ। सम्पन्न सम्झौतामा कोषका निमित्त कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी तथा गाउँपालिकाका अध्यक्ष प्रोणप्रताप केसीले हस्ताक्षर गरेका हुन्।…


विज्ञापनAdvertisement Banner
2 min read

दोलखाको तामाकोशी गाउँपालिका र नागरिक लगानी कोषबीच नागरिक पेन्सन योजना सञ्चालनका लागि समझदारी भएको छ। सम्पन्न सम्झौतामा कोषका निमित्त कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी तथा गाउँपालिकाका अध्यक्ष प्रोणप्रताप केसीले हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार श्रमिक कल्याण कोषमार्फत योजनामा आबद्ध हुने प्रत्येक श्रमिकका लागि गाउँपालिकाले मासिक ५०० रुपैयाँ र श्रमिक स्वयंले ५०० रुपैयाँ योगदान गर्ने व्यवस्था गरिएको छ। यसरी प्रतिमहिना एक हजार रुपैयाँ बचत कोषमा जम्मा हुनेछ। योजना कार्यान्वयनका लागि आवश्यक केवाइसी फाराम तथा व्यक्तिगत विवरण कार्ड नागरिक लगानी कोषले निःशुल्क उपलब्ध गराउनेछ। सहभागी श्रमिक र उनीहरूको खातासम्बन्धी विवरण अद्यावधिक राख्ने जिम्मेवारी भने गाउँपालिकाको हुनेछ।

नागरिक पेन्सन योजना सञ्चालन कार्यविधि, २०७६ अनुसार योजनामा सहभागी भएका श्रमिकले ६० वर्ष उमेर पूरा गरेपछि पेन्सन सुविधा प्राप्त गर्न सक्नेछन्।पेन्सन लिइरहेका सहभागीको मृत्यु, बेपत्ता वा हराएको अवस्थामा उनका श्रीमान् वा श्रीमतीलाई प्रचलित कानुनी व्यवस्था अनुसार आजीवन पेन्सन उपलब्ध गराइनेछ। दुवैको निधन भएमा खातामा रहेको बचत रकम नजिकको हकवालालाई प्रदान गरिने व्यवस्था गरिएको छ।

योजनामा आबद्ध भएको पाँच वर्ष पूरा भएपछि सहभागीले खातामा जम्मा भएको रकमको ८० प्रतिशतसम्म गाउँपालिकाको सिफारिसमा सापटीका रूपमा उपयोग गर्न सक्ने प्रावधानसमेत राखिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/