Friday, July 31, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

बैंकहरुको मुद्दति निक्षेपमा रु. २४ अर्ब १८ करोड लगानी गर्दै राष्ट्र बैंक

काठमाडौं - नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा २४ अर्ब १८ लाख रुपैयाँ बढी लगानी गर्ने भएको छ। केन्द्रीय बैंकको विभिन्न कोषमा रहेको २४ अर्ब १८ करोड ७६ लाख रुपैयाँ बैंकहरुको मुद्दति…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा २४ अर्ब १८ लाख रुपैयाँ बढी लगानी गर्ने भएको छ।

केन्द्रीय बैंकको विभिन्न कोषमा रहेको २४ अर्ब १८ करोड ७६ लाख रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको हो। यसका लागि साउन १८ गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको छ।

कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकमा १९ अर्ब ३५ करोड २ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ३ अर्ब ६२ करोड ८१ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा १ अर्ब २० करोड ९३ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्नेछ।

यो लगानी सन् २०२६ अगस्ट १२ देखि २०२७ अगस्ट १२ सम्म ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/