spot_img
25 C
Kathmandu
spot_img
Homeवित्तबैंक/वित्तब्याज आम्दानी घट्दा निफ्राको नाफा ९८ करोड ७३ लाख रुपैयाँमा सीमित, अन्य...

ब्याज आम्दानी घट्दा निफ्राको नाफा ९८ करोड ७३ लाख रुपैयाँमा सीमित, अन्य सूचक कस्ता ?

काठमाडौं – नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ९८ करोड ७३ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.९८ प्रतिशतले कम हो। अघिल्लो वर्ष बैंकले १ अर्ब २३ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको प्रकाशित वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद ब्याज आम्दानी २३.८९ प्रतिशतले घटेर १ अर्ब ४४ करोड ६६ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ९० करोड ८ लाख रुपैयाँ रहेको थियो।

यद्यपि, खुद शुल्क तथा कमिसन आम्दानी भने उल्लेख्य रूपमा बढेको छ। गत असार मसान्तसम्म यस्तो आम्दानी ५ करोड ८० लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष २ करोड १० लाख रुपैयाँ थियो। बैंकको कुल सञ्चालन आम्दानी १ अर्ब ५० करोड ४ लाख रुपैयाँ तथा सञ्चालन नाफा १ अर्ब ४१ करोड ६८ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यी सूचक क्रमशः १ अर्ब ९२ करोड १९ लाख रुपैयाँ र १ अर्ब ७६ करोड ६५ लाख रुपैयाँ थिए।

२१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा समीक्षा अवधिसम्म ३ अर्ब ७१ करोड ८७ लाख रुपैयाँ सञ्चित रहेको छ।

नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ। अघिल्लो वर्ष ५.७१ रुपैयाँ रहेको ईपीएस घटेर ४.५७ रुपैयाँमा झरेको छ। बैंकको मूल्य–आम्दानी अनुपात (पी/ई रेसियो) ५३.७३ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ ११७.२२ रुपैयाँ कायम भएको छ।

बैंकको निक्षेप र कर्जा दुवैमा भने वृद्धि देखिएको छ। गत असार मसान्तसम्म निक्षेप १.९४ प्रतिशतले बढेर ७ अर्ब ८३ करोड ९१ लाख रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह २५.९६ प्रतिशतले वृद्धि भई ३१ अर्ब ४२ करोड ४२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा बैंकको निक्षेप ७ अर्ब ६८ करोड ९८ लाख रुपैयाँ र कर्जा २४ अर्ब ९४ करोड ७९ लाख रुपैयाँ रहेको थियो।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here