Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

संचारमाध्यमको गेटमा पार्किङ गरिएको शङ्कास्पद गाडीहरू कस्का हुन् ?

काठमाडौं - आज संचार माध्यमहरुको गेटमा शङ्कास्पद रूपमा पार्किङ गरिएको गाडीहरूको बिषयमा प्रहरीमा अनुसन्धान भईरहेको छ । कान्तिपुर पब्लिकेशन, अनलाइन खबर र हिमालय टेलिभिजनको गेटमा पार्किङ गरेर राखेको गाडी ट्राफिक प्रहरीले क्रेनको…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – आज संचार माध्यमहरुको गेटमा शङ्कास्पद रूपमा पार्किङ गरिएको गाडीहरूको बिषयमा प्रहरीमा अनुसन्धान भईरहेको छ । कान्तिपुर पब्लिकेशन, अनलाइन खबर र हिमालय टेलिभिजनको गेटमा पार्किङ गरेर राखेको गाडी ट्राफिक प्रहरीले क्रेनको सहायताले हटाएको छ ।

अनलाइन खबरको गेटमा राखिएको बा।१२ च ८५४५ नम्बरको कार सुनिल पौडेलको नाममा रहेको भेटिएको छ । यातायात व्यवस्था विभाग स्रोतका अनुसार पौडेलको ठेगाना काठमाडौँ उल्लेख छ ।

कान्तिपुर पब्लिकेशनमा पार्किङ गरिएको बा।प्रदेश–०१–०३४ च ८४८० नम्बरको जिप सानीमा बैंकको नाममा देखिएको छ । बैंकबाट ऋण लिएर एसटी मोटर्सले सो गाडी प्रयोग गर्दै आएको भेटिएको छ ।

हिमालय टेलिभिजनको गेटमा पार्किङ गरेर छाडिएको बा।१० च १२५५ नम्बरको कार डीआर अटो मोटिभ्सको नाममा दर्ता रहेको भेटिएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/