spot_img
25 C
Kathmandu
spot_img
Homeवित्तबैंक/वित्तनेप्सेमा २४.५७ अंकको वृद्धि, यी कम्पनीको शेयरमा झुम्मिए लगानीकर्ता

नेप्सेमा २४.५७ अंकको वृद्धि, यी कम्पनीको शेयरमा झुम्मिए लगानीकर्ता

काठमाडौं — साता कारोबारको दोस्रो दिन सोमबार नेप्से २४.५७ अंकले बढेर २६५१.६८ विन्दुमा कायम हुँदा ४ अर्ब ४० करोड ७ लाख ५२ हजा रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यस दिन ३५२ सूचीकृत कम्पनीहरूको ९ लाख १९ हजार ४५२ कित्ता शेयर ७२ हजार २२ पटक किनबेच भएको छ। आज १०% केबीएल डिबेन्चर २०९० को ऋणपत्र सर्वाधिक कारोबार भएको छ।

त्यसपछि १०.३५% एग्रिकल्चर बैंक डिबेन्चर २०८३, ग्लोबल आइएमई बैंक लिमिटेड, गरिमा डिबेन्चर २०८५, कर्पाेरेट डेभलपमेन्ट बैंक, १०.५०% एभरेष्ट बैंक डिबेन्चर २०८५, आँखुखोला जलविद्युत, रिलायन्स स्पिनिङ्ग मिल्स, नबिल बैंक र सिटी होटलको शेयर सर्वाधिक कारोबार भएको छ।

आज कांलगा हाइड्रोको शेयरमा मात्रै सकारात्मक सर्किट लागेको छ । साथै, आरबिबि फोकस ४० को १३.८५ प्रतिशत, सानिगाड हाइड्रोको १०.५७ प्रतिशत, उपकार लघुवित्तको ९.६६ प्रतिशतले शेयर मूल्य बढेको छ ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here