spot_img
25 C
Kathmandu
spot_img
Homeअर्थतन्त्रउद्यमशिलताभेटघाट रेष्टुरेन्टका सञ्चालक  गोविन्दप्रसाद तिवारीको प्रेरणादायी पुस्तक ‘सङ्घर्ष र सफलता’ विमोचन

भेटघाट रेष्टुरेन्टका सञ्चालक  गोविन्दप्रसाद तिवारीको प्रेरणादायी पुस्तक ‘सङ्घर्ष र सफलता’ विमोचन

काठमाडौँ , नेपालका सफल उद्यमीमध्ये एक तथा भेटघाट रेष्टुरेन्टका सञ्चालक गोविन्दप्रसाद तिवारीको जीवन सङ्घर्ष, मेहनत र सफलताको यात्रामा आधारित आत्मकथात्मक पुस्तक ‘सङ्घर्ष र सफलता’ सार्वजनिक गरिएको छ।चितवनको क्षेत्रपुरस्थित दियालो फुडल्याण्डमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालाले पुस्तकको लोकार्पण गरेका थिए।कार्यक्रमका प्रमुख अतिथि डा. कोइरालाले गोविन्दप्रसाद तिवारीको जीवनयात्रा स्वदेशमै संघर्ष र मेहनतबाट सफलता हासिल गर्न सकिने उत्कृष्ट उदाहरण भएको बताए। उनले अवसरको खोजीमा विदेशिनुभन्दा आफ्नो क्षमता, परिश्रम र इमानदारीका आधारमा नेपालमै सफल हुन सकिने सन्देश तिवारीको जीवनले दिएको उल्लेख गरे।

उनले गोविन्दप्रसाद तिवारी व्यवसायिक सफलतामा मात्र सीमित नरही सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्यमीका रूपमा स्थापित भएको बताउँदै समाज र राष्ट्र निर्माणमा यस्ता व्यक्तित्वहरूको योगदान महत्त्वपूर्ण हुने धारणा राखे।
कास्कीको सामान्य परिवारबाट जीवनयात्रा सुरु गरेका तिवारी २०३५ सालमा अवसरको खोजीमा चितवन आएका थिए। कठिन संघर्ष, निरन्तर मेहनत र आत्मविश्वासका बलमा उनले सफल व्यवसाय स्थापना गर्दै आफूलाई नेपालका प्रेरणादायी उद्यमीमध्ये एकका रूपमा स्थापित गरेका छन्। पुस्तकमा उनको बाल्यकाल, संघर्ष, व्यवसाय निर्माणका चुनौती, पारिवारिक जिम्मेवारी र सफलताको यात्रालाई समेटिएको छ।
पुस्तकमाथि समीक्षा गर्दै नेपाली कांग्रेस चितवनका सचिव ध्रुवराज पोखरेलले सामान्य व्यवसायबाट सुरु गरेर आफ्ना सन्तानलाई उच्च शिक्षा दिलाई असल नागरिक बनाउन सफल भएको तिवारीको जीवन नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत भएको बताए।
कार्यक्रममा तिवारीकी छोरी डा. निभा तिवारीले बुबाको संघर्षपूर्ण जीवनले आफूहरूलाई मेहनत, अनुशासन र समाजप्रतिको उत्तरदायित्व सिकाएको बताइन्।
लेखक तथा उद्यमी गोविन्दप्रसाद तिवारीले आफ्नो जीवनका अनुभव नयाँ पुस्तालाई प्रेरणा दिने उद्देश्यले पुस्तक लेखिएको बताउँदै मेहनत, धैर्यता र सकारात्मक सोचले जुनसुकै चुनौती पार गर्न सकिने विश्वास व्यक्त गरे।
चितवन शैलीको चर्चित मटन तासको सुरुवातकर्ता भेटघाट रेस्टुरेन्टले हाल नेपालका चार प्रमुख  स्थानमा आफ्नो सेवा  दिइरहेको छ। रेस्टुरेन्टको मूल शाखा चितवनको नारायणगढस्थित शहीद चोकमा रहेको छ भने काठमाडौंको अनामनगर (हनुमानस्थान), काठमाडौंको गैरीधारा र हेटौंडाको चौकीटोलमा पनि शाखाहरू सञ्चालनमा छन्।
भेटघाट रेस्टुरेन्टका संस्थापक गोविन्द तिवारी हुन्। हाल रेस्टुरेन्टको व्यवस्थापन उहाँका जेठा छोरा महेश तिवारीले सम्हाल्दै आएका छन्। परिवारको नेतृत्वमा सञ्चालन भइरहेको भेटघाट रेस्टुरेन्टले आफ्नो मौलिक चितवने स्वादलाई देशभरका ग्राहकसम्म पुर्‍याउने प्रयासलाई निरन्तरता दिएको  छ।
भेटघाट रेष्टुरेन्ट परिवारको आयोजनामा सम्पन्न कार्यक्रममा व्यवसायी, समाजसेवी, बुद्धिजीवी, राजनीतिज्ञ तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here