Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

काठमाडौं — बितेका २४ घण्टामा दुई हजार ५५० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख २४ हजार ५०३ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — बितेका २४ घण्टामा दुई हजार ५५० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख २४ हजार ५०३ राजस्व दाखिला भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको १०२, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १४२, सङ्केत बत्ती उल्लङ्घनकर्ता १४० र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका २०७ जनालाई कारबाही गरिएको हो ।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ५६, निषेधित क्षेत्रमा हर्न बजाउने १०८, निर्धारित मापदण्डभन्दा बढी धुवाँ फाल्ने सवारीसाधन १४ र सवारीसाधनको अवस्था जाँच नगरी सडकमा निकालिएका सवारी ३५ र अन्य सवारी नियम पालना नगरेका एक हजार ७४६ जनालाई कारबाही गरिएको हो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/