Monday, September 14, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

अभौतिक सांस्कृतिक सम्पदा विधेयक, २०८३ स्वीकृत

आजको प्रतिनिधिसभा बैठकले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले राष्ट्रियसभामा उत्पत्ति भएको सो विधेयकमाथि विचार…


विज्ञापनAdvertisement Banner
2 min read

आजको प्रतिनिधिसभा बैठकले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले राष्ट्रियसभामा उत्पत्ति भएको सो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएको थियो । सांसदहरुले राख्नुभएको जिज्ञासाको जवाफमा मन्त्री पौडेलले अमूर्त सम्पदाको संरक्षणको महत्वपूर्ण पक्ष आर्थिक उपार्जनको एउटा गोरेटो खोल्नु पनि भएको बताउनुभयो । उहाँले अमूर्त सम्पदाको संरक्षणका लागि सरकारका तर्फबाट विशेष पहल र प्रयास हुने बताउनुभयो ।

विधेयकले राष्ट्रिय स्वाभिमानको जगेर्ना गर्ने, नेपाली हुनुको पहिचानको सही अर्थ दिने र हामीले अभ्यास गर्दै आएको ऐतिहासिक, पारम्परिक ज्ञान पद्धतीलाई मान्यता दिने स्पष्ट पार्नुभयो । संस्कृतिलाई पर्यटनसँग जोड्नका लागि अधिकतम प्रयास आवश्यक रहेको उल्लेख गर्दै मन्त्री पौडेलले नेपालका अनकेन जात्रा र पर्व त्यसका उदाहरण भएको उल्लेख गर्नुभयो ।

त्यसअघि सांसदहरु कृपया महर्जन, प्रकाशचन्द्र परियार, प्रमिलाकुमारी गछदार, गणेश कार्की, समीक्षा बाँस्कोटा, अनुष्का श्रेष्ठ, रिमा विश्वकर्मा, ताहीर अलि भाट, रञ्जु न्यौपाने, परशुराम तामाङ, राजीव खत्री, गुरुप्रसाद बराल, रुकेश रञ्जित, आशिष गजुरेल, रहवर अन्सारी, भरत गिरी, भीमकुमारी बुढा, सुम्निमा उदास, सुलभ खरेल, सजिता खातुन सिद्धिकी, विश्वराज पोखरेले, मदनकृष्ण श्रेष्ठ, मनमाया विश्वकर्माले विधेयकको विविध पक्षमा आफ्नो धारणा राख्नुभएको थियो ।

बैठकमा युवा, श्रम तथा रोजगारमन्त्रीको कार्यभार सम्हाल्नुभएका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ‘अन्तरराष्ट्रिय श्रम सङ्गठनको श्रम निरीक्षणसम्बन्धी महासन्धी, १९४७ नं ८१’ पेस गर्नुभयो । ‘अन्तरराष्ट्रिय श्रम सङ्गठनको बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी स्न २०१४ को प्रोटोकल नं २९ ’ पेस गर्नुभयो । प्रतिनिधिसभाको अर्को बैठक आगामी असार १ गते सोमबार बिहान ११ बजे बस्ने तालिका छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/