Monday, September 14, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु

चितवन, २१ जेठ ; रोकिएको गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरुभएको छ । बागमती प्रदेश सरकारबाट बजेट निकासामा ढिलाइ भएकाले यसअघि भुक्तानी नपाएको भन्दै निर्माण कम्पनीले एक महिना निर्माण कार्य रोकेको थियो…


विज्ञापनAdvertisement Banner
1 min read

चितवन, २१ जेठ ; रोकिएको गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरुभएको छ । बागमती प्रदेश सरकारबाट बजेट निकासामा ढिलाइ भएकाले यसअघि भुक्तानी नपाएको भन्दै निर्माण कम्पनीले एक महिना निर्माण कार्य रोकेको थियो ।

बागमती प्रदेश सरकारबाट रु नौ करोड निकासा भएपछि निर्माण कार्य पुनः सञ्चालन भएको भरतपुर महानगरपालिकाका इञ्जिनियर आदर्श पोखरेलले जानकारी दिनुभयो । महानगरपालिकाका डिभिजन इञ्जिनियर सन्तोष आचार्यले निर्माण कम्पनीलाई बिल अनुसारको भुक्तानी भइसकेको बताउनुभयो । रङ्गशालाको निर्माणको काम हिमालयन कालिञ्चोक बिबिआर जेभीले गर्दै छ ।

ठेक्का सम्झौताको म्याद आगामी पुस २२ गते सकिन्छ । हाल ५५ प्रतिशत काम पूरा भएको छ । विसं २०८१ असारमा भरतपुर महानगरपालिका र निर्माण कम्पनीबीच २०८३ पुस २२ गते काम सक्ने गरी कूल रु ७५ करोड ५० लाख ९१ हजार १८९ मा सम्झौता भएको थियो । धुर्मस–सुन्तली फाण्डेशनले काम गर्न नसकेपछि महानगरपालिकाले बोलपत्रमार्फत काम थालेको हो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/