Tuesday, September 15, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रममा सात लाख भन्दा बढि बेरोजगार सूचीकृत

नेपाल सरकारद्वारा सञ्चालित ‘राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम’ मा चालु आर्थिक वर्ष २०८२/८३ को फागुनसम्म सात लाख ४५ हजार ४३५ जना बेरोजगार व्यक्ति सूचीकृत भएका छन् । सरकारको चालु आर्थिक सर्वेक्षण अनुसार आव…


विज्ञापनAdvertisement Banner
1 min read

नेपाल सरकारद्वारा सञ्चालित ‘राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम’ मा चालु आर्थिक वर्ष २०८२/८३ को फागुनसम्म सात लाख ४५ हजार ४३५ जना बेरोजगार व्यक्ति सूचीकृत भएका छन् ।

सरकारको चालु आर्थिक सर्वेक्षण अनुसार आव २०८१/८२ मा ७३६ स्थानीय तहका सात लाख ९७ हजार ७२५ बेरोजगार व्यक्ति सूचीकृत भएको उल्लेख छ । तीमध्ये ५५ हजार १५१ जनाले औसत ७१ दशमलव ७८ दिनको रोजगारी प्राप्त गरेका छन् ।

आर्थिक वर्ष २०८१/८२ मा औसत रोजगारी दिनमा बागमती प्रदेशभित्रका स्थानीय तहले सबैभन्दा बढी ८० दिन र मधेस प्रदेशका स्थानीय तहले सबैभन्दा कम ४९ दशमलव १४ दिन रोजगारी प्रदान गरेका छन् । रोजगार कार्यक्रममा सूचीकृत हुनेको संङख्या बृद्धि भएता पनि सरकारले रोजगार दिन भने अपेक्षा अनुसार सकिराखेको छैन ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/