spot_img
28.1 C
Kathmandu
spot_img
Homeसमाचार२ करोड १३ हजारले बनाए राष्ट्रिय परिचय पत्र

२ करोड १३ हजारले बनाए राष्ट्रिय परिचय पत्र

काठमाडौं । २ करोड १३ हजार ५ सय ५३ जनाले राष्ट्रिय परिचय पत्र बनाएका छन् ।

बुधबार प्रतिनिधिसभामा अर्थमन्त्री स्वर्णिम वाग्लेले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/०८३ मा सो तथ्यांक उल्लेख गरिएको हो ।

सर्वेक्षणअनुसार चालु आर्थिक वर्षसम्म ७५ लाख ८१ हजार १ सय ८३ राष्ट्रिय परिचय पत्र कार्ड छपाइ भइसकेको छ भने ४० लाख ३३ हजार ४० कार्ड वितरण भइसकेका छन् ।

राष्ट्रिय परिचय पत्रलाई राहदानी विभाग, आन्तरिक राजस्व विभाग, निर्वाचन आयोग, सामाजिक सुरक्षा, कर्जा सूचना केन्द्र लगायत १२ निकायको प्रणालीसँग अन्तरआबद्ध गरिएको पनि उल्लेख गरिएको छ ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here