Tuesday, September 15, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

खिचापोखरीको आरबी कम्प्लेक्समा भेटियो अबैध भेप, एकजना प्रहरीको फन्दामा

काठमाडौं — नेपालमा प्रतिबन्धित भेपको कारोबारको जालो ध्वस्त पार्न प्रहरीले व्यापक अप्रेशन सुरु गरेको छ । सो क्रममा काठमाडौंको न्यूरोडस्थित खिचापोखरीस्थित आरबी कम्प्लेक्सबाट ठूलो मात्रामा अबैध भेप बरामद गरेको उपत्यका अपराध अनुसन्धान…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — नेपालमा प्रतिबन्धित भेपको कारोबारको जालो ध्वस्त पार्न प्रहरीले व्यापक अप्रेशन सुरु गरेको छ । सो क्रममा काठमाडौंको न्यूरोडस्थित खिचापोखरीस्थित आरबी कम्प्लेक्सबाट ठूलो मात्रामा अबैध भेप बरामद गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रहरीले भेपधनीको रुपमा ललितपुर महानगरपालिका वडा ८ स्थायी ठेगाना भएका ३२ बर्षिया नविन खड्कालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार खिचापोखरीस्थित आरबी कम्प्लेक्सको अण्डरग्राउडमा रहेको गोदाम र खिचापोखरीमै रहेको भेपमाण्डु नामक पसलबाट करिब छ करोड मूल्य बराबरको २८ हजार ५०० थान भेप बरामद गरेको हो । प्रहरीले सो भेपको कनेक्सन खोजी गरिरहेको जनाएको छ ।

काठमाडौंमा पक्राउ परेको भेप यो सानो परिमाणको हो । काठमाडौंको ठमेल, झोँछे, ललितपुरको झम्सिखेल, बौद्ध लगायतका क्षेत्रमा ठूलो मात्रामा भेपको कारोबार हुने गरेको छ ।

यसैगरी केही दिनअघि पनि प्रहरीले चीनबाट नेपालतर्फ ल्याइँदै  गरिएको ठूलो मात्रामा भेद बरामद गरेको थियो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/