Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

पश्चिमी वायुको प्रभाव कायम : चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं — नेपालमा हाल पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायम रहेकाले देशका विभिन्न भूभागमा मौसम बदली भई वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी तथा हिमाली क्षेत्रमा…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — नेपालमा हाल पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायम रहेकाले देशका विभिन्न भूभागमा मौसम बदली भई वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।

महाशाखाले जारी गरेको पूर्वानुमानअनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा पनि वर्षा र हिमपात हुन सक्ने जनाइएको छ।

यस्तै, बाँकी पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने तराईका अधिकांश भूभागमा मौसम सफा रहने पूर्वानुमान गरिएको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो दिनको अवस्था कायम रहने सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ। ती प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसमविद्ले चट्याङ्ग तथा वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमबाट सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/