Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

ट्राफिक कारबाहीबाट चार लाख १७ हजार राजस्व सङ्कलन

काठमाडौं — काठमाडौँ उपत्यकामा बितेका २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने दुई हजार २९ जना चालक कारबाहीमा परेका छन्। उक्त कारबाहीबाट राज्यकोषमा रु चार लाख १७ हजार राजस्व सङ्कलन भएको छ। काठमाडौँ…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — काठमाडौँ उपत्यकामा बितेका २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने दुई हजार २९ जना चालक कारबाहीमा परेका छन्। उक्त कारबाहीबाट राज्यकोषमा रु चार लाख १७ हजार राजस्व सङ्कलन भएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेर सवारी चलाउने ५९ जना चालकलाई कारबाही गरिएको छ। त्यस्तै, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने ११९ जना, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने १३२ जना तथा तीव्र गतिमा सवारी चलाउने २०८ जना चालक पनि कारबाहीमा परेका हुन्।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ५७ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ९४ जना, सडक पेटीमा सवारी पार्किङ गर्ने ९५ जना तथा एकतर्फी सडकमा सवारी चलाउने १२६ जनामाथि समेत कारबाही गरिएको प्रहरीले जनाएको छ।

अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार १३९ जना चालकलाई पनि नियन्त्रणमा लिएर आवश्यक कारबाही गरिएको कार्यालयले जनाएको छ।

ट्राफिक प्रहरीले सडक अनुशासन कायम गर्न तथा दुर्घटना न्यूनीकरणका लागि नियमित अनुगमन र कारबाहीलाई तीव्र बनाइएको जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/