Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

ट्राफिक कारबाहीमा २० लाख ३९ हजार राजस्व सङ्कलन

काठमाडौं — काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने दुई हजार २०० चालक कारबाहीमा परेका छन् । ट्राफिक नियम उल्लङ्घनका विभिन्न घटनामा गरिएको कारबाहीबाट राज्यकोषमा रु २० लाख ३९ हजार…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने दुई हजार २०० चालक कारबाहीमा परेका छन् । ट्राफिक नियम उल्लङ्घनका विभिन्न घटनामा गरिएको कारबाहीबाट राज्यकोषमा रु २० लाख ३९ हजार राजस्व सङ्कलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेर सवारी चलाउने १६८ जना चालकलाई कारबाही गरिएको छ भने नियमविपरीत ‘राइड सेयरिङ’ सञ्चालन गर्ने १५५ जना पनि प्रहरी कारबाहीमा परेका छन्। त्यसैगरी, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने १३७ जना र तीव्र गतिमा सवारी चलाउने १५२ जनामाथि पनि कारबाही गरिएको प्रहरीले जनाएको छ।

यसैबीच, ‘लेन’ अनुशासन पालना नगर्ने १०२ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १७८ जना, सडक पेटीमा सवारी पार्किङ गर्ने १२३ जना तथा एकतर्फी सडकमा सवारी चलाउने ११३ जना चालकलाई समेत कारबाही गरिएको छ।

यसबाहेक अन्य विभिन्न सवारी नियम उल्लङ्घन गर्ने एक हजार ७२ जना चालकलाई पनि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाही गरेको जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/