Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

पूर्वगृहमन्त्री सुधन गुरुङमाथि सम्पत्ति छानबिन गर्न समिति गठन

काठमाडौं — सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङ को सम्पत्तिसम्बन्धी विषयमा उठेका प्रश्नहरूको छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ। गृहमन्त्री पदमा रहँदा गुरुङको सम्पत्तिबारे सार्वजनिक रूपमा प्रश्न उठेपछि उनले नैतिकताको आधारमा पदबाट राजीनामा…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङ को सम्पत्तिसम्बन्धी विषयमा उठेका प्रश्नहरूको छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ।

गृहमन्त्री पदमा रहँदा गुरुङको सम्पत्तिबारे सार्वजनिक रूपमा प्रश्न उठेपछि उनले नैतिकताको आधारमा पदबाट राजीनामा दिएका थिए। पछिल्लो समय उनले आफूमाथि उठेका आरोपहरूको निष्पक्ष छानबिनका लागि समिति गठन गर्नुपर्ने मागसमेत गरेका थिए।

मन्त्रिपरिषद्को वैशाख २८ गतेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी को अध्यक्षतामा छानबिन समिति गठन गर्ने निर्णय गरेको हो। समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि न्यौपाने सदस्य रहेका छन्।

समितिलाई पूर्वगृहमन्त्री गुरुङसँग सम्बन्धित सार्वजनिक रूपमा उठेका सम्पत्तिसम्बन्धी प्रश्नहरूको सत्यतथ्य छानबिन गरी १५ दिनभित्र सरकारलाई राय तथा सुझावसहित प्रतिवेदन पेश गर्न जिम्मेवारी दिइएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/