spot_img
21.1 C
Kathmandu
spot_img
Homeसमाचारपश्चिमी वायुको प्रभाव : देशका विभिन्न भूभागमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभाव : देशका विभिन्न भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं — नेपालमा अहिले पश्चिमी वायु, स्थानीय वायु तथा नेपाल नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखा का अनुसार यस प्रणालीको प्रभावले देशका विभिन्न प्रदेशमा बदली, वर्षा र हिमपातको सम्भावना देखिएको छ।

महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने बाँकी भूभागमा आंशिक बदली देखिएको छ। बागमती र गण्डकी प्रदेशका केही स्थान तथा कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको जनाइएको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा अन्य हिमाली र पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

त्यसैगरी आज राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा समेत चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

महाशाखाले वर्षा, चट्याङ्ग र हिमपातका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here