संघीय संसदमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि सञ्चालन भइरहेको छलफलमा जनप्रतिनिधिहरूको आकर्षण निकै कम देखिएको छ। बिहान ११ बजेदेखि प्रारम्भ भएको बैठक निरन्तर चलिरहेको भए पनि बैठक कक्षमा सांसदहरूको उपस्थिति भने पातलो छ।
लामो समयसम्म चलिरहेको यस बहसप्रति सांसदहरूले खासै चासो देखाएका छैनन्। जारी बैठकमा नीति तथा कार्यक्रम परिमार्जनका लागि ३५ जना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन् भने छलफलमा आफ्ना विचार राख्नका लागि ३९ जना सांसदले नाम दर्ता गराएका छन्।
बैठक स्थलमा सत्तापक्ष तथा प्रतिपक्षका नेताहरूले सरकारको योजनामाथि आ-आफ्नो बचाउ र आलोचना गरिरहेका छन्। तर, हलभित्र सांसदहरूको संख्या भने अपेक्षा गरिएभन्दा निकै कम रहेको छ।
विशेष त, उक्त नीति तथा कार्यक्रमका मुख्य प्रस्तुतकर्ता स्वयं प्रधानमन्त्री नै बैठकमा उपस्थित छैनन्। यसैबीच, संसदमा आजै नयाँ बजेटका सिद्धान्त तथा प्राथमिकताहरू समेत प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
संसदमा नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरूको न्यून उपस्थिति, आजै बजेटका सिद्धान्त पनि पेस गरिने