Tuesday, September 15, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

तीन मौसमी प्रणालीको असर : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं — नेपालमा अहिले पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा तल्लो वायुमण्डलमा विकसित न्यूनचापीय क्षेत्रको संयुक्त प्रभाव देखिएको छ । यसका कारण देशका अधिकांश हिमाली तथा पहाडी भूभागमा बदलीको अवस्था रहेको मौसम…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — नेपालमा अहिले पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा तल्लो वायुमण्डलमा विकसित न्यूनचापीय क्षेत्रको संयुक्त प्रभाव देखिएको छ । यसका कारण देशका अधिकांश हिमाली तथा पहाडी भूभागमा बदलीको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ।

महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने बाँकी भूभागमा आंशिक बदली छ । कोशी र बागमती प्रदेशका केही स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका थोरै क्षेत्रमा मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहने पूर्वानुमान गरिएको छ । साथै, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।

त्यसैगरी, आज राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा बदली कायम रहने अनुमान गरिएको छ । कोशी र मधेस प्रदेशका थोरै स्थानमा तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा चट्याङ्गसहित वर्षा हुन सक्ने जनाइएको छ।

मौसमविद्हरूले वर्षा र चट्याङ्गको सम्भावनालाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/