Tuesday, September 15, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

प्रधानमन्त्री अनुपस्थित भएपछि संसद् बैठकबाट बाहिरिए हर्क साम्पाङ

काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रधानमन्त्री बालेन शाह संसद् बैठकमा उपस्थित नभएपछि श्रम संस्कृति पार्टीका सांसदहरूले बैठक बहिष्कार गरेका छन् । पार्टी अध्यक्ष हर्क साम्पाङसहितका सांसदहरू बैठक…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रधानमन्त्री बालेन शाह संसद् बैठकमा उपस्थित नभएपछि श्रम संस्कृति पार्टीका सांसदहरूले बैठक बहिष्कार गरेका छन् । पार्टी अध्यक्ष हर्क साम्पाङसहितका सांसदहरू बैठक कक्षबाट बाहिरिएका हुन्।

प्रधानमन्त्रीले दिनुपर्ने जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गर्न थालेपछि विपक्षी दलहरूले आपत्ति जनाएका थिए । उनीहरूले प्रधानमन्त्री स्वयं उपस्थित भएर जवाफ दिनुपर्ने माग राख्दै विरोध प्रदर्शन गरेका थिए।

संसद्मा नीति तथा कार्यक्रममाथि छलफल सुरु हुने कार्यसूची रहेकाले प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर विपक्षी दलहरूले चर्को असन्तुष्टि व्यक्त गरेका छन् । हर्क साम्पाङ नेतृत्वको टोलीले प्रधानमन्त्रीको खोजी गर्दै बैठक कक्ष छाडेको जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/