spot_img
19.1 C
Kathmandu
spot_img
Homeसमाचारनीति तथा कार्यक्रम आज पारित गर्ने तयारी, प्रधानमन्त्रीले दिनेछन् जवाफ

नीति तथा कार्यक्रम आज पारित गर्ने तयारी, प्रधानमन्त्रीले दिनेछन् जवाफ

 काठमाडौं । संघीय संसद्मा प्रस्तुत भएको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममाथिको छलफल आज निष्कर्षमा पुग्ने भएको छ । संसद बैठकमा उठेका जिज्ञासा र सुझावमाथि प्रधानमन्त्री बालेन शाहले जवाफ दिने कार्यसूची तय गरिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले केही दिनअघि संघीय संसद्को संयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । त्यसपछि प्रतिनिधिसभा र राष्ट्रियसभामा यस विषयमा छलफल जारी रहेको छ ।

संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा सांसदहरूले दर्ता गराएका संशोधन प्रस्तावमाथि निर्णय गरिनेछ । त्यसपछि नीति तथा कार्यक्रमलाई अनुमोदनका लागि सभामा प्रस्तुत गर्ने तयारी गरिएको छ ।

छलफलका क्रममा विभिन्न दलका सांसदहरूले आर्थिक सुधार, रोजगारी, विकास निर्माण, शिक्षा, स्वास्थ्य र सार्वजनिक सेवा प्रवाहका विषय उठाएका छन् । विपक्षी दलहरूले केही योजनाको कार्यान्वयन क्षमता र बजेट व्यवस्थापनबारे प्रश्न उठाएका छन् भने सत्तापक्षले नीति तथा कार्यक्रमलाई विकासमुखी दस्तावेजको रूपमा प्रस्तुत गरेको छ ।

प्रधानमन्त्रीको जवाफपछि संसद्ले नीति तथा कार्यक्रम पारित गर्ने सम्भावना रहेको बताइएको छ ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here