Tuesday, September 15, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

देशभर विभिन्न वायुको प्रभाव: मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौं — देशभरको मौसममा पश्चिमी वायु, स्थानीय वायु तथा न्यून चापीय क्षेत्रको संयुक्त प्रभाव देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा सक्रिय…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — देशभरको मौसममा पश्चिमी वायु, स्थानीय वायु तथा न्यून चापीय क्षेत्रको संयुक्त प्रभाव देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा सक्रिय न्यून चापीय क्षेत्र तथा मध्य र पूर्वी भू–भागको उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय रेखाका कारण देशका विभिन्न क्षेत्रमा बदली, वर्षा र हिमपातको सम्भावना बढेको हो।

हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने अन्य भू–भागमा आंशिक बदली देखिएको विभागले जनाएको छ। कोशी र बागमती प्रदेशका केही हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ। लुम्बिनी प्रदेशका उच्च पहाडी क्षेत्रमा पनि छिटफुट वर्षा जारी रहेको छ।

महाशाखाले आज दिउँसो सुदूरपश्चिमसहित देशका पहाडी र हिमाली क्षेत्रमा सामान्य बदली रहने तथा तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरेको छ। विशेषगरी हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन, चट्याङ र मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि एक–दुई स्थानमा वर्षा हुन सक्ने अनुमान गरिएको छ।

रातिको समयमा पनि मौसम पूर्ण रूपमा खुल्ने सम्भावना नरहेको विभागले जनाएको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहने अनुमान छ। ती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/