Tuesday, September 15, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

रायोको सागमा अत्यधिक विषादी

काठमाडौं — कालीमाटी फलफूल तथा तरकारी बजारमा गरिएको विषादी अवशेष परीक्षणका क्रममा भक्तपुरको मध्यपुर थिमीबाट ल्याइएको रायोको सागमा अत्यधिक विषादी भेटिएको छ। परीक्षणपछि उक्त सागलाई उपभोगका लागि अयोग्य घोषित गरिएको छ। केन्द्रीय…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — कालीमाटी फलफूल तथा तरकारी बजारमा गरिएको विषादी अवशेष परीक्षणका क्रममा भक्तपुरको मध्यपुर थिमीबाट ल्याइएको रायोको सागमा अत्यधिक विषादी भेटिएको छ। परीक्षणपछि उक्त सागलाई उपभोगका लागि अयोग्य घोषित गरिएको छ।

केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गतको ‘विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ’, कालीमाटीले शुक्रबार बजारमा रहेका विभिन्न तरकारी तथा फलफूलका १३ नमुनाको परीक्षण गरेको थियो। परीक्षणका क्रममा एउटा नमुनामा विषादीको मात्रा अत्यधिक फेला परेको हो।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार भक्तपुरको मध्यपुर थिमी नगरपालिकाबाट बिक्रीका लागि ल्याइएको रायोको सागमा ५५.७२३२ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको छ। यो मात्रा स्वीकृत मापदण्डभन्दा धेरै भएकाले उक्त साग खान अयोग्य रहेको जनाइएको छ।

प्रयोगशालाका प्राविधिकहरूले अत्यधिक विषादीयुक्त तरकारीको सेवनले मानव स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने बताएका छन्। अर्गानोफस्फेट विषादीले स्नायु प्रणालीमा असर पार्ने, टाउको दुख्ने, वान्ता हुने, श्वासप्रश्वासमा समस्या आउनेलगायत स्वास्थ्य समस्या निम्त्याउन सक्ने विज्ञहरूको भनाइ छ।

सम्बन्धित निकायले उपभोक्तालाई तरकारी तथा फलफूल प्रयोग गर्नुअघि राम्रोसँग सफा गर्न, केही समय पानीमा भिजाएर राख्न तथा सम्भव भएसम्म विषादी परीक्षण गरिएको सामग्री मात्र प्रयोग गर्न आग्रह गरेको छ।

कालीमाटी बजारमा नियमित रूपमा विषादी परीक्षण गरिँदै आएको छ। बजार अनुगमन तथा परीक्षणलाई अझ कडाइका साथ अघि बढाइने समितिले जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/