spot_img
19.1 C
Kathmandu
spot_img
Homeसमाचारऐतिहासिक निर्णय: सर्वोच्चका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

ऐतिहासिक निर्णय: सर्वोच्चका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

काठमाडौँ— नेपालको न्यायलयमा एक नौलो र ऐतिहासिक मोड देखिएको छ। न्यायपरिषद्को बिहीबार बसेको बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई आगामी प्रधानन्यायाधीशका रूपमा सिफारिस गर्ने निर्णय गरेको हो।
नेपालको न्यायिक इतिहासमै पहिलो पटक वरिष्ठताको परम्परालाई थाती राख्दै रोलक्रमको चौथो स्थानमा रहेका न्यायाधीशलाई नेतृत्वका लागि अगाडि सारिएको छ। निवर्तमान प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत गत चैत १८ गते ६५ वर्षे उमेर हदका कारण पदमुक्त भएपछि यो स्थान रिक्त थियो।
यसअघि न्यायपरिषद्ले प्रधानन्यायाधीशका लागि वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लसहित कुमार रेग्मी, हरिप्रसाद फुयाल, डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नामावली संवैधानिक परिषद्मा पठाएको थियो। तीमध्येबाट परिषदले शर्माको नाम छनोट गरेको हो।
अब संसदीय सुनुवाइ समितिले डा. शर्माको नाम अनुमोदन गरेमा उनी नेपालको ३३ औं प्रधानन्यायाधीश बन्नेछन्। वरिष्ठताको साटो कार्यक्षमता वा अन्य आधारलाई प्राथमिकता दिएर गरिएको यो सिफारिसलाई न्याय क्षेत्रमा निकै चासोका साथ हेरिएको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here