काठमाडौँ । सरकारी जग्गा र भवनहरू खाली गर्न भूमि व्यवस्था मन्त्रालयले सार्वजनिक सूचना जारी गरेपछि एमालेले नयाँ विकल्पको खोजी सुरु गरेको हो । भोगाधिकार पाएका तर लिज मा नरहेका सरकारी जग्गा र भवनहरू खाली गर्नु पर्ने सरकारको योजना अनुरुप ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा रहँदै आएको नेकपा एमालेको केन्द्रीय कार्यालय अब सार्नुपर्ने भएको छ ।
मन्त्रालयको पछिल्लो कदमअनुसार च्यासलस्थित प्रतिष्ठानको भवन पनि सोही श्रेणीमा पर्ने देखिएको छ। एमाले स्रोतका अनुसार अहिलेसम्म औपचारिक पत्र हात नपरे पनि सरकारको सूचनाको पालना गर्दै कार्यालय खाली गर्नुपर्ने अवस्था सिर्जना भएको छ। सरकारी निर्णयअनुसार अब हामीले च्यासलको विकल्प खोज्नैपर्ने देखिन्छ,एमालेका एक नेताले भने, त्यसैले नयाँ कार्यालयका लागि उपयुक्त स्थानको खोजी कार्य अघि बढिसकेको छ।
यता तुलसीलाल स्मृति प्रतिष्ठानका अध्यक्ष गोपाल शाक्यले भने आफूहरूले मन्त्रिपरिषद्कै निर्णयका आधारमा उक्त जग्गा उपयोग गरिरहेको स्पष्ट पारेका छन् । उनले यसअघि ५० वर्षका लागि लिजमा लिन प्रयास गरे पनि सरकारबाट स्वीकृति नपाएको र भवन निर्माणमा समेत सरकारको सहयोग रहेको बताए । पूर्व मन्त्री समेत रहेका शाक्यले अन्य धेरै प्रतिष्ठानहरू पनि अहिले यस्तै कानुनी अड्चनमा रहेको उल्लेख गर्दै कानुनको मर्मअनुसार अघि बढ्न आफूहरू तयार रहेको जानकारी दिए।
एमालेको मुख्यालय यसअघि बल्खुमा रहेको थियो, जुन २०७२ को भूकम्पले क्षतिग्रस्त भएपछि धुम्बाराहीस्थित पासाङ ल्हामु प्रतिष्ठानमा र केही समय थापाथलीमा रहेको थियो । त्यसपछि एमाले च्यासलमा सरेको हो, तर अब त्यहाँबाट पनि बिदा हुनुपर्ने परिस्थिति बनेको छ।
सरकारी सूचनापछि एमाले नयाँ मुख्यालयको खोजीमा, च्यासलस्थित कार्यालय छाड्नुपर्ने