spot_img
19.1 C
Kathmandu
spot_img
Homeबजारसेयर बजारसानिमा इक्विटी फण्ड–२ को इकाई बिक्री खुला

सानिमा इक्विटी फण्ड–२ को इकाई बिक्री खुला

काठमाडौं— सानिमा क्यापिटल लिमिटेडले आजदेखि ‘सानिमा इक्विटी फण्ड–२’ को इकाई बिक्री खुला गरेको छ। सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने यो योजना १० वर्षे अवधिको बन्दमुखी म्युचुअल फण्ड योजना हो।

योजनाअन्तर्गत प्रतिइकाई १० रुपैयाँ अंकित दरमा कुल १० करोड इकाई बिक्रीमा ल्याइएको छ, जसको कुल मूल्य १ अर्ब रुपैयाँ बराबर रहेको छ।

निष्काशन गरिने कुल इकाईमध्ये न्यूनतम १ करोड ३० लाख इकाई अर्थात् कम्तीमा १३ प्रतिशत इकाई कोष प्रवर्द्धक सानिमा बैंक लिमिटेडका लागि सुरक्षित गरिएको छ। त्यस्तै, २० लाख इकाई योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडलाई छुट्याइएको छ।

बाँकी ८ करोड ५० लाख इकाई भने सर्वसाधारण लगानीकर्ताका लागि सार्वजनिक रूपमा बिक्री खुला गरिएको कम्पनीले जनाएको छ।

लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

इकाई खरिदका लागि आवेदन दिने अन्तिम मिति वैशाख २९ गते तोकिएको छ। तोकिएको अवधिसम्म पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि जेठ ७ गतेसम्म लम्बिन सक्ने कम्पनीले जनाएको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here