Monday, September 14, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

आज बागमती प्रदेशभर सार्वजनिक बिदा

काठमाडौं— बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ। नेपाल भाषा र तामाङ भाषालाई प्रदेशको सरकारी कामकाजको भाषाका रूपमा कार्यान्वयनमा ल्याइएको दिनको स्मरणमा बिदा दिइएको प्रदेश सरकारले जनाएको छ। प्रदेश सरकारले…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं— बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ। नेपाल भाषा र तामाङ भाषालाई प्रदेशको सरकारी कामकाजको भाषाका रूपमा कार्यान्वयनमा ल्याइएको दिनको स्मरणमा बिदा दिइएको प्रदेश सरकारले जनाएको छ।

प्रदेश सरकारले उक्त दिवसलाई विशेष रूपमा मनाउन सार्वजनिक बिदा घोषणा गरेको हो। यस अवसरमा बागमती प्रदेश सरकार मातहतका सबै सरकारी कार्यालय, शैक्षिक संस्था तथा सार्वजनिक निकायहरू बन्द रहनेछन्।

तर संघीय सरकार मातहत सञ्चालन हुने कार्यालय तथा संघ संस्थाहरूमा भने यो बिदा लागू नहुने स्पष्ट गरिएको छ।

बागमती प्रदेश सरकारले स्थानीय भाषा, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिएको थियो। त्यसकै स्मरणमा हरेक वर्ष यो दिवस मनाइँदै आएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/