Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

राधेश्याम श्रेष्ठ सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त

पोखरा केन्द्रिय कार्यालय रहेको सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत मा राधेश्याम श्रेष्ठ नियुक्त हुनुभएको छ। श्रेष्ठलाई आगामी चार वर्षका लागि उक्त पदमा नियुक्त गर्ने निर्णय संस्थाको वैशाख १७…


विज्ञापनAdvertisement Banner
1 min read

पोखरा केन्द्रिय कार्यालय रहेको सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत मा राधेश्याम श्रेष्ठ नियुक्त हुनुभएको छ। श्रेष्ठलाई आगामी चार वर्षका लागि उक्त पदमा नियुक्त गर्ने निर्णय संस्थाको वैशाख १७ गते सम्पन्न सञ्चालक समितिको बैठकले निर्णय गरेको हो।
कार्यकारी प्रमुख डोलिन्द्र प्रसाद शर्माले गत चैत ४ गते आफ्नो पदबाट राजीनामा दिनुभएको थियो। शर्माको राजीनामालाई चैत २४ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेपछि संस्थामा प्रमुख पद रिक्त रहेको थियो। नवनियुक्त सीईओ श्रेष्ठले आगामी जेठ १५ गतेदेखि आफ्नो कार्यभार सम्हाल्नुहुनेछ।
अनुभवी बैंकिङ व्यक्तित्वका रूपमा परिचित श्रेष्ठको आगमनसँगै संस्थाले नयाँ उचाइ लिने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/