spot_img
19.1 C
Kathmandu
spot_img
Homeबजारसेयर बजारकालंगा हाइड्रोले जेठ ८ देखि सर्वसाधारणमा आईपीओ जारी गर्ने

कालंगा हाइड्रोले जेठ ८ देखि सर्वसाधारणमा आईपीओ जारी गर्ने

काठमाडौं — कालंगा हाइड्रो लिमिटेड ले आगामी जेठ ८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले जेठ १३ गतेसम्म आवेदन खुला राख्ने जनाएको छ।

यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर बाँडफाँड गरिसकेको कम्पनीले अब दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ जारी गर्न लागेको हो।

कम्पनीले १ अर्ब ४० करोड रुपैयाँ जारी पूँजीको ३५ प्रतिशत बराबर ४९ करोड रुपैयाँको आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड बाट अनुमति प्राप्त गरेको हो। यसअनुसार प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ४९ लाख कित्ता शेयरमध्ये १४ लाख कित्ता आयोजना प्रभावितलाई र ३ लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई वितरण गरिसकिएको छ।

बाँकी शेयरमध्ये १ लाख ७५ हजार कित्ता सामूहिक लगानी कोषका लागि र १ लाख ५ हजार कित्ता कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ। यी छुट्याइसकेपछि बाँकी २८ लाख ७० हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरिनेछ।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। यदि जेठ १३ गतेसम्म मागभन्दा कम आवेदन परेमा निष्कासन अवधि जेठ २२ गतेसम्म लम्बिन सक्ने कम्पनीले जनाएको छ। तर पछिल्लो समय आईपीओमा उच्च आकर्षण देखिएकाले निर्धारित समयअघि नै आवेदन मागभन्दा बढी हुने अनुमान गरिएको छ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here