Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ आज बन्द हुँदै

काठमाडौं — याम्बालिङ्ग हाइड्रोपावर कम्पनी लिमिटेड ले सर्वसाधारणका लागि खुला गरेको आईपीओ आज (मंगलबार) बैंकिङ समयपछि बन्द हुने भएको छ। कम्पनीले वैशाख १६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो। यसअघि पहिलो…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — याम्बालिङ्ग हाइड्रोपावर कम्पनी लिमिटेड ले सर्वसाधारणका लागि खुला गरेको आईपीओ आज (मंगलबार) बैंकिङ समयपछि बन्द हुने भएको छ।

कम्पनीले वैशाख १६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो। यसअघि पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई शेयर बाँडफाँड गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आवेदन खुला गरिएको हो।

कम्पनीले ७० करोड रुपैयाँ जारी पूँजीको ४० प्रतिशत बराबर २८ करोड रुपैयाँको आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड बाट अनुमति पाएको थियो। सोअनुसार प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल २८ लाख कित्ता शेयरमध्ये ७ लाख कित्ता आयोजना प्रभावित र २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई वितरण गरिसकिएको छ।

बाँकी शेयरमध्ये १ लाख ५ हजार कित्ता सामूहिक लगानी कोषका लागि र ४२ हजार कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित राखिएको छ। यी सबै छुट्याइसकेपछि बाँकी रहेको १७ लाख ४३ हजार कित्ता शेयर सर्वसाधारणका लागि जारी गरिएको हो।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २१ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। आज बैंकिङ समयसम्म मात्रै आवेदन दिन पाइनेछ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/