Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

एनआईसी एशिया बैंकको साधारणसभा जेठ १८ मा, लाभांश वितरण नगर्ने

काठमाडौं — एनआईसी एशिया बैंक लिमिटेड ले आगामी जेठ १८ गते वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ। वैशाख २० गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ९ बजे…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — एनआईसी एशिया बैंक लिमिटेड ले आगामी जेठ १८ गते वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ। वैशाख २० गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ९ बजे अठ्ठाईसौं वार्षिक साधारणसभा बोलाउने निर्णय गरेको हो।

बैंकले यसअघि नै चालू आर्थिक वर्षका लागि शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरिसकेको छ। साधारणसभामा २ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पेश गरिनेछ। साथै, आवश्यक परेमा प्रबन्धपत्र र नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विषय पनि छलफलमा रहनेछ।

बैंकले अधिकृत पूँजी १९ अर्ब ९२ करोड रुपैयाँबाट बढाएर २७ अर्ब ३८ करोड रुपैयाँ पुर्‍याउने प्रस्ताव राखेको छ। त्यस्तै, जारी र चुक्ता पूँजी पनि १९ अर्ब ९१ करोड ७५ लाख रुपैयाँबाट बढाएर २७ अर्ब ३७ करोड ६३ लाख रुपैयाँ पुर्‍याउने योजना रहेको छ। केन्द्रीय कार्यालय कमलादीस्थित आफ्नै भवनमा कायम गर्ने प्रस्ताव समेत सभाबाट पारित गरिनेछ।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गरिनेछ। साथै, सहायक कम्पनीहरूको एकीकृत वित्तीय विवरण पनि स्वीकृत गरिनेछ।

यसैगरी, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण, सञ्चालक समितिका अध्यक्ष अशोक कुमार अग्रवालको नियुक्ति अनुमोदन, सर्वसाधारणतर्फबाट अनुपा प्रधान राजभण्डारीको नियुक्ति अनुमोदन र नयाँ सञ्चालकहरूको निर्वाचन पनि एजेन्डामा रहेको छ।

साधारणसभा प्रयोजनका लागि बैंकले जेठ ६ गतेदेखि १८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यस अनुसार, नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा जेठ ५ गतेसम्म कायम रहेका शेयरधनीहरू मात्रै सभामा सहभागी हुन योग्य हुनेछन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/