Monday, September 14, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

देशभर बदली, विभिन्न प्रदेशमा भारी वर्षा र हावाहुरीको चेतावनी

काठमाडौं — देशभर मौसम बदली भई विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले सोमबारका लागि सार्वजनिक गरेको पूर्वानुमान अनुसार विशेषगरी केही प्रदेशमा भारी वर्षाको…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — देशभर मौसम बदली भई विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले सोमबारका लागि सार्वजनिक गरेको पूर्वानुमान अनुसार विशेषगरी केही प्रदेशमा भारी वर्षाको जोखिम देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको छ। अधिकांश स्थानमा वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जनाइएको छ।

विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुन सक्ने मौसमविद्हरूले बताएका छन्। त्यस्तै, लुम्बिनी प्रदेशसहित पहाडी तथा हिमाली भेगका केही क्षेत्रमा असिनासहित वर्षा र हिमपात हुने सम्भावना छ। तराईका केही भागमा तीव्र गतिको हावाहुरी चल्ने अनुमान गरिएको छ।

विभागका अनुसार आज राति पनि मौसममा खासै सुधार नआउने देखिएको छ। देशभर बदली कायमै रहने र गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा वर्षा जारी रहने सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका केही स्थानमा रातिको समयमा पनि भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ।

हावाहुरी, चट्याङ र भारी वर्षाले दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा असर पार्न सक्ने भएकाले विभागले सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र तराई क्षेत्रमा हावाहुरीको जोखिम रहने भएकाले आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/