Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

साताको शेयर समीक्षा: नेप्सेमा करिब ५० अंकको गिरावट, कारोबार रकममा पनि संकुचन

काठमाडौं — यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक उल्लेख्य रूपमा घटेर बन्द भएको छ। साताभरको कारोबार विश्लेषण गर्दा नेप्से सूचक कुल ४९.९७ अंकले घटेको छ। साताको पहिलो कारोबार दिन सोमबार भने…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक उल्लेख्य रूपमा घटेर बन्द भएको छ। साताभरको कारोबार विश्लेषण गर्दा नेप्से सूचक कुल ४९.९७ अंकले घटेको छ।

साताको पहिलो कारोबार दिन सोमबार भने बजारमा सामान्य सुधार देखिएको थियो। उक्त दिन नेप्से ७.७३ अंकले बढेर २,७९६.४३ बिन्दुमा पुगेको थियो। तर त्यसपछिका तीन दिन बजारले निरन्तर ओरालो यात्रा तय गर्‍यो।

मंगलबार नेप्से २६.१६ अंकले घट्यो भने बुधबार थप २८.८१ अंकले गिरावट आयो। साताको अन्तिम कारोबार दिन बिहीबार पनि बजार ५.७३ अंकले घटेर बन्द भयो। यसरी, साताभरमा तीन दिनको लगातार गिरावटले समग्र सूचकलाई करिब ५० अंकले तल झार्यो।

कारोबार रकमतर्फ पनि यो साता केही संकुचन देखिएको छ। सोमबार ४ अर्ब ६४ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार कारोबार रकम बढेर ६ अर्ब ४१ करोड रुपैयाँ पुगेको थियो। तर बुधबार ४ अर्ब ८४ करोड र बिहीबार ४ अर्ब ८२ करोड रुपैयाँमा सीमित हुँदै साताभरको कुल कारोबार करिब १९ अर्ब रुपैयाँ आसपासमा सिमित रह्यो।

बजार विश्लेषकहरूका अनुसार, पछिल्लो समय लगानीकर्तामा देखिएको अनिश्चितता, नाफा सुरक्षित गर्ने प्रवृत्ति तथा केही नीतिगत अन्योलका कारण बजारमा दबाब परेको हुन सक्छ। आगामी सातामा बजारको दिशा निर्धारणमा लगानीकर्ताको विश्वास र समष्टिगत आर्थिक संकेतकहरूले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/