Friday, July 31, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

कांग्रेसका क्रियाशील सदस्यता नवीकरण र अद्यावधिकबारे दुवै पक्षको एकै मत: `खारेजी र पुन: अद्यावधिक स्वीकार्य छैन´

काठमाडौँ । नेपाली कांग्रेसभित्रको पछिल्लो आन्तरिक राजनीतिक खिचातानीका बीच संस्थापन पक्ष (शेरबहादुर देउवा समूह) र डा. शेखर कोइराला पक्षले क्रियाशील सदस्यताका सवालमा समान धारणा सार्वजनिक गरेका छन्। दुवै समूहले छुट्टाछुट्टै भेला आयोजना…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौँ । नेपाली कांग्रेसभित्रको पछिल्लो आन्तरिक राजनीतिक खिचातानीका बीच संस्थापन पक्ष (शेरबहादुर देउवा समूह) र डा. शेखर कोइराला पक्षले क्रियाशील सदस्यताका सवालमा समान धारणा सार्वजनिक गरेका छन्। दुवै समूहले छुट्टाछुट्टै भेला आयोजना गरी नवीकरण भइसकेको क्रियाशील सदस्यतालाई फेरि अद्यावधिक गर्ने वा खारेज गर्ने कार्य वैधानिक नहुने निष्कर्ष निकालेका हुन्।
वैशाख १५ र १६ गते सम्पन्न देउवा समूहको बैठक र बिहीबार बालुवाटारमा बसेको कोइराला समूहको भेलाले सदस्यताका सम्बन्धमा एउटै स्वर निकालेका हुन्। कोइराला पक्षको भेलाले १५ औँ महाधिवेशनका लागि भइसकेको सदस्यता नवीकरणलाई पुनः अद्यावधिक गर्नु व्यावहारिक नभएको ठहर गरेको छ। सो समूहले यस्तो प्रक्रियाले पार्टीभित्र थप विवाद सृजना गर्ने र यसको मुख्य जड विशेष महाधिवेशनु भएको दाबी गरेको छ।
डा. कोइरालाको सचिवालयका अनुसार, बैठकमा सहभागी नेताहरूले सदस्यता नवीकरण भइसकेको अवस्थामा त्यसलाई चलाउनु जायज नहुने अडान राखेका छन्। अहिलेको समयमा आएर सदस्यता अद्यावधिक गर्ने कुरा व्यावहारिक छैन, सचिवालयद्वारा जारी नोटमा उल्लेख छ।
यता, देउवा पक्षले पनि यस विषयमा कडा आपत्ति जनाएको छ। सो समूहका तर्फबाट नेता पूर्णबहादुर खड्काले एक विज्ञप्ति जारी गर्दै कुनै पनि नेताको व्यक्तिगत इच्छा वा लहडका भरमा क्रियाशील सदस्यता खारेज गर्न नसकिने स्पष्ट पारेका छन्। खड्काले विशेष महाधिवेशन र त्यसबाट गठित कार्यसमितिलाई कथित को संज्ञा दिँदै त्यसका निर्णयहरू अवैधानिक भएको आरोप लगाएका छन्।
पार्टीको आगामी १५ औँ महाधिवेशनको तयारी भइरहँदा क्रियाशील सदस्यताको विवादले दुवै पक्षलाई एक ठाउँमा ल्याए पनि नेतृत्व तहको असमझदारी भने यथावत देखिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/