spot_img
19.1 C
Kathmandu
spot_img
Homeसमाचारसुकुमवासी बस्तीमा डोजर चलाएको भन्दै कडा आन्दोलनको घोषणा, राजमार्ग चक्काजाम गर्ने चेतावनी

सुकुमवासी बस्तीमा डोजर चलाएको भन्दै कडा आन्दोलनको घोषणा, राजमार्ग चक्काजाम गर्ने चेतावनी

काठमाडौं । विभिन्न सुकुमवासी बस्तीहरूमा विकल्पबिना नै डोजर चलाएर उठिबास लगाउन खोजिएको भन्दै नेपाल भूमिहीन सुकुमवासी संघले आन्दोलनको घोषणा गरेको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै संघले सरकारको कदमलाई राज्य आतंक को संज्ञा दिएको छ र जवरजस्ती उठिबास लगाउने कार्य तत्काल रोक्न माग गरेको छ ।
संघका अध्यक्ष अमर परियारले नागरिकको बासस्थानको अधिकार खोस्ने कार्य सह्य नहुने बताउँदै बाध्य भएर आन्दोलनमा उत्रिनु परेको स्पष्ट पार्नुभयो । संघले आफ्नो विरोधका कार्यक्रमहरूलाई दुई चरणमा विभाजन गरेको छ ।
पहिलो चरण अन्तर्गत, भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोवासीसँग राज्यले गरेका पुराना बाचा र सम्झौताहरू स्मरण गराउन सरोकारवाला निकायहरूलाई आग्रह गरिनेछ । त्यसैगरी, जबरजस्ती हटाउने कार्य रोक्न शान्तिपूर्ण दबाब दिइने संघले जनाएको छ ।
यदि मागहरू पूरा नभए दोस्रो चरणमा मेची–महाकाली राजमार्ग ठप्प पार्ने र जनताको हितविपरीत कार्य गरेको भन्दै प्रधानमन्त्रीलाई फिर्ता बोलाउन देशभरि हस्ताक्षर संकलन अभियान सञ्चालन गर्ने चेतावनी संघले दिएको छ । उचित विकल्प र व्यवस्थापन विना भूमिहीनहरूलाई हटाउन खोजिए कडा प्रतिरोध गर्ने संघको तयारी छ ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here